कला


सिसनबारे शृंखला : ममाथि जुन आरोप लाग्यो, त्यसको उहाँले सफाइ दिनुपर्छ जस्तो लाग्छ

सिसनबारे शृंखला : ममाथि जुन आरोप लाग्यो, त्यसको उहाँले सफाइ दिनुपर्छ जस्तो लाग्छ

नेपालखबर
माघ १५, २०८२ बिहिबार १३:३६, काठमाडौँ

पूर्वमिस नेपाल शृंखला खतिवडाले आफूमाथि लगाएकाे आरोपमा सिसन बानियाँले सफाइ दिनुपर्ने बताएकी छन्। टीकाराम यात्रीको टेलिभिजन कार्यक्रम ‘कठघरा’ मा जेनजी आन्दोलनका वेला सिसनले आफूबारे अतिरञ्जना फैलाएको उनको भनाइ छ।

बुधबार सार्वजनिक भएको कार्यक्रममा शृंखलाले आफ्ना व्यक्तिगत कुरासहित उक्त आरोपबारे बोलेकी हुन्। कार्यक्रममा जेनजी आन्दोलनका वेला शृंखलामाथि सिसनले लगाएको आरोपबारे सोधिएको थियो।

प्रश्नकर्ता सोध्छन् : हजुरको टिममा बसेर काम गर्ने व्यक्तिले खुलेयाम नै सामाजिक सञ्जालमा तपाईंहरूले मिसवर्ल्डबाट ५० हजार पाउनुभएको भनेर उल्लेख गर्नुभएको थियो। तपाईंकै टिममा बसेर काम गरेको तपाईंकै पूर्व सहकर्मीले लेखेको कुरालाई कसरी नपत्याउने? फेरि आफैंले अपोलोजी भनेर लेटर पनि राख्नुभएको थियो? त्यो अतिरञ्जना मात्रै हो भनेर बुझ्नुपर्ने हो?

त्यसपछि यस विषयमा शृंखलाले मुख खोलेकी हुन्। सिसनलाई सबै कुरा थाहा हुँदाहुँदै पनि गलत बोलेको उनको भनाइ छ। सिसनबारे उनले दिएको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। साथै दुवैबारे विभिन्न टिकाटिप्पणी पनि भइरहेका छन्। 

खासमा जेनजी आन्दोलनको समयमा नेपोबेबी भन्दै शृंखलामाथि ‘साइबर बुलिङ’ भएको थियो। शृंखलाले ‘मिस वर्ल्ड’मा जाँदा ‘ब्युटी विथ द प्रपोज’ मा जितेको रकमबारे भ्लगर बानियाँले प्रश्न उठाएका थिए। भ्रष्टाचार र नेपो किड्सविरुद्ध आवाज उठिरहँदा श्रृखंलाले जितेको ५० हजार डलर केमा खर्च भयो भन्ने सिसनको प्रश्न थियो। जसले शृंखलाविरूद्ध माहौल झन् चर्किएको थियो।

निकै आलोचना खेपेपछि श्रृखंलाले भिडिओमा यसबारे स्पष्टीकरण नै दिएकी थिइन्। आफूले ५० हजार डलर नभई २० हजार डलर पाएको उनको भनाइ थियो। त्यो रकम कहाँ र कति खर्च भयो भन्नेबारे उनले एक्सल सिट देखाएर भिडिओमै बताएकी थिइन्।

त्यसपछि फेरि सिसनको प्रस्टीकरण आएको थियो। शृंखलाको भिडिओपछि सिसनले सामाजिक सञ्जालमा लामो स्टोरी लेख्दै आत्मालोचना गरेका थिए। उनले माफी माग्दै आफूलाई त्यो कुराको यस्तो भयानक परिणाम हुन्छ भन्ने थाहा नभएको बताएका थिए।

यस्तो छ कार्यक्रममा शृंखलाले भनेको अभिव्यक्ति:

उहाँको सायद जीवन नै लाइक्स र भ्युजले चल्ने भएर हो कि के हो? मलाई थाहा छैन। तर, उहाँ जत्तिको व्यक्तिले त्यस्तो समयमा त्यो सल्किसकेको ग्यास वा लिक भएर बसेको ठाउँमा आगो सल्काउने जुन काम गर्नुभयो, त्यो एकदमै गलत थियो। पछि त्यो उहाँले डिलिट पनि गर्नुभयो सायद, तर इन्टरनेट राखिसक्या कुरा डिलिट गरेर पन्छिन् मिल्दैन। म माथि जुन आरोप लाग्यो त्यसको उहाँले सफाइ दिनुपर्छ जस्तो लाग्छ मलाई।

उहाँले जुन अपोलोजी राख्नुभयो। त्यो अपोलोजी प्रयाप्त छैन। किनकि जुन पीडा मैले भोगेकी छु, त्यो कारणले जीवनभर मैले सफाइ दिनुपर्छ नगरेको कुराको लागि। त्यो सही थिएन र सहकर्मीलाई सबै थाहा थियो।

खासमा भन्नुपर्दा उहाँलाई म ब्रान्डबाट कति कमाउँछु भन्ने पनि थाहा थियो। उहाँले मेरो नाम नै १० लाख राखिदिनुभएको थियो। १० लाख नपाएर कुनै ब्रान्डसँग सहमति गर्दिन भनेर।

तर जब व्यक्तिहरूले मलाई कहाँबाट कमाइस? हार्डबोर्डको फिस कसरी तिरिस भन्दा त्यो पार्ट चाँहि नभनिदिने। तर, आफूलाई थाहा नभएको कुरा चाँहि ५० हजार आएको थियो। दुई जनालाई दिएको थियो भन्ने फेरि ४० जना, दुई जना भन्ने। जनता यति आक्रोशित भएको वेलामा छुस्स केही भेग कुरा भन्देर मैले त केही भनेको होइन चाँहि भन्न पाउनुहुन्नँ। यस्तो चाँहि गलत काम गर्नुभएको हो।

यो प्रवृतिले देशलाई घाटा नै गर्छ। साँच्चै नै लाइक्स र भिउज र आफ्नो सोसल मिडिया फलोइङै सबै थोक मानेर आफ्नो विवेक आफ्नो ब्रहलाई पनि साइड लगाएर यदि जनताले वाहवाही जेमा भन्छन् त्यही मात्रै गरेर कोही व्यक्तिलाई लाइफ नै रिस्कमा राख्नेसम्मको गर्ने कुरालाई हामीले प्रोत्साहन दियौं भने त्यो राम्रो प्रवृति होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad