कला


रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’ ले ल्यायो नयाँ गीत, हलबाट कति पायो शो?

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’ ले ल्यायो नयाँ गीत, हलबाट कति पायो शो?

नेपालखबर
माघ १५, २०८२ बिहिबार १६:२२, काठमाडौँ

फिल्म ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक ल्याएको छ। निर्माण पक्षले फिल्ममा समावेश ‘दुई अक्षरको माया’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ। प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।

भोलि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको अग्रिम–बुकिङ खुला भइसकेको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ ।

यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ ।

यसैगरि, आईएनआईका ५ वटा आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन्। केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने जानकारी वितरण कम्पनी डिसिएन दिएको छ ।

यस फिल्ममा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

बलिराम चौहान निर्देशित यस फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad