कला


रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ वैशाख २५ बाट रिलिज हुने

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ वैशाख २५ बाट रिलिज हुने

नेपालखबर
फागुन ३, २०८२ आइतबार १६:५९, काठमाडौँ

चर्चित गायक रामकृष्ण ढकालको लगानीमा बनेको फिल्म ‘मालती मंगले’ को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दैं आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउने घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउत फिचर्ड छन्। दुबैलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ। विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्।

विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले फिल्मले अर्ग्यानिक ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।

फिल्मका निर्देशक प्रकु पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन्। यस फिल्मको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको. कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्।

फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad