झरना थापा निर्देशन रहेको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा सार्वजनिक भएको छ। २०८० सालमा रिलिज भएको यो फिल्म सोमबार ओएसआर मुभिज युट्युबमा आएको हो।
सामाजिक कथामा बनेको फिल्मले यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशलाई केन्द्रमा राखेको छ। फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिका रहेको छ। यस फिल्ममा कार्कीले लैंगिक अल्पसंख्यक एलजीबीटीआईक्यू समुदायकी महिला कमला माईको भूमिका निर्वाह गरेका छन्।
रिलिज ताका चर्चामा रहेको यो फिल्म विवादमा परेको थियो। जसकारण फिल्मलाई पवित्र हिन्दू धर्मग्रन्थ भागवद् गीतामा आधारित नरहेको ‘अस्वीकरण’ फिल्मको सुरुवातमै राखिएको छ। फिल्मको रनटाइम २ घण्टा ८ मिनेट रहेको छ।
201
Shares

प्रतिक्रिया