कला


मोहनलालको ‘दृश्यम ३’को रिलिज डेट सर्‍यो, कहिले आउँदै छ हलमा?

मोहनलालको ‘दृश्यम ३’को रिलिज डेट सर्‍यो, कहिले आउँदै छ हलमा?

नेपालखबर
चैत ११, २०८२ बुधबार १६:३०, काठमाडौँ

मोहनलाल अभिनीत बहुप्रतीक्षित भारतीय फिल्म ‘दृश्यम ३’ को प्रदर्शन मिति परिवर्तन भएको छ। निर्माणटिमले पोस्टर सार्वजनिक गर्दैं फिल्मको नयाँ मितिबारे घोषणा गरेको हो।

यसअघि यो फिल्म २ अप्रिलमा प्रदर्शनमा आउने तय थियो। अब भने यो फिल्म २१ मे २०२६ मा विश्वभर रिलिज हुनेछ।

सो मिति मोहनलालको ६६ औं जन्मदिन पनि भएकाले फिल्मको रिलिजलाई विशेष बनाइएको छ। मोहनलाल स्वयंमले पनि सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै रिलिज मिति सारिएको जानकारी दिएका हुन्।

जीतु जोसेफद्वारा निर्देशित यस फिल्ममा मोहनलालले आफ्नो चर्चित पात्र ‘जर्जकुट्टी’ को भूमिकामा छन्।

सन् २०१३ मा रिलिज भएको ‘दृश्यम’ मलयालम फिल्मको लागि कोसेढुंगा साबित भयो। यसको दोस्रो भाग सन् २०२१ मा रिलिज भएको थियो। जुन पनि निकै हिट भयो।

यस फिल्मलाई हिन्दीमा पनि रिमेक गरिएको छ, जसमा अजय देवगन मुख्य भूमिकामा देखिँदै आएका छन्। जसले पनि दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad