डिशहोमले न्युन आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न शुरु गरेको कार्यक्रम ‘सुनाैलाे तारा, लुकेका प्रतिभा’को ग्राण्ड फिनाले आज हुँदै छ।
देशका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाबाट कार्यक्रम शुरु गरिएको थियो।
गत चैत १ गतेदेखि यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिबार राति ८ः३० वजे प्रशारण हुँदै आएको थियो।
डिशहोमले यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख प्रदान गर्नेछ। साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिसहोमले जानकारी दिएको छ।
शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ।

प्रतिक्रिया