कला


‘लाइफ ड्यामेज’ को ‘ब्युटीफूलम’ गीतमा निमेष र सुरक्षाको छमछमी (भिडिओ)

‘लाइफ ड्यामेज’ को ‘ब्युटीफूलम’ गीतमा निमेष र सुरक्षाको छमछमी (भिडिओ)

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १८:४, काठमाडौँ

‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको फिल्म ‘लाइफ ड्यामेज’ मा समावेश ‘ब्युटीफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो। 

डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द रचना रहेको छ। गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको भिडिओको कोरियोग्राफी किरण थापाले गरेका हुन्।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा र निमेषसहित ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले  ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए। कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सिनेमा हेरुञ्जेल रमाइलो बनेको र दर्शकको मन जित्नेमा ढुक्क सुनिए।

अभिनेत्री सुरक्षा पन्तले सिनेमाको आइडिया मन परेकोले आफुले काम गरेको बताइन्।

फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। यो फिल्म आगामी जेठ १ गतेबाट रिलिज हुँदैछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad