कला


यात्राका क्रममा दुई अपरिचितबिच बढेको सामीप्यको कथामा सुजनले ल्याए ‘गाजले सुनचरी’

यात्राका क्रममा दुई अपरिचितबिच बढेको सामीप्यको कथामा सुजनले ल्याए ‘गाजले सुनचरी’

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ११:२७, काठमाडौँ

नेपाली सुगम संगीत क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ गीत ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्यमा यो गीत बजारमा ल्याइएको हो।

विशेष गरी यात्रा गर्न रुचाउने र नयाँ ठाउँ घुमेर जीवनलाई उन्मुक्त रूपमा जिउन चाहने ‘घुमन्ते आत्मा’हरूमा समर्पण गर्दै यो गीत तयार पारिएको हो।

गायक सुजन चापागाईँले यस गीत मार्फत आफ्नो जन्मभूमि चितवनप्रति विशेष प्रेम र कृतज्ञता प्रकट गरेका छन्। आफूले पहिलोपटक सास फेरेको, पहिलो पाइला सारेको र संगीतको पहिलो धुन सुनेको चितवनको माटो र बाल्यकालको नोस्टाल्जियालाई उनले गीतको माध्यमबाट स्रोतामाझ पस्किएका हुन्।

गीतमा गीतकार हर्क साउदको शब्द रचना रहेको छ। संगीत र स्वर स्वयम् सुजन चापागाईँको छ। गीतको बिचमा समावेश एउटा सुन्दर कविताको अंश पल्लवीले रचना गरेकी हुन्।

कोविद बज्रले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेको यस गीतमा बिकेश बज्रले स्ट्रिङ्स अर्केस्ट्रेसन र रेकर्डिङ सम्हालेका छन्।

बज्र क्रिएसन रेकर्ड्समा रेकर्ड गरिएको यस गीतमा जगन्नाथ धौगोडाको तवला, प्रिन्स नेपालीको सारङ्गी र रत्न विकको बाँसुरीको धुनले नेपालीपनको सुगन्ध थपेको छ।

त्यसैगरी कोविद बज्र, बिकेश बज्र र सञ्जीव बराइलीको गितार, रोश्ना शाक्य र रोमन बुढाथोकीको भायोलिन, निषाद श्रेष्ठको सेलो तथा कृती नेपालीको ब्याक भोकलले गीतलाई झनै सुमधुर बनाएको छ।

अभिषेक सुवेदीको निर्देशनमा बनेको म्युजिक भिडिओमा अभिनेत्री तथा मोडल सम्पदा घिमिरे र समिशन जिसी फिचर्ड छन्। 

दुई अपरिचित यात्रीबिच यात्राकै क्रममा मौलाउने सम्बन्ध, सामीप्य र चितवनको प्राकृतिक सौन्दर्यलाई भिडिओमा प्रस्तुत गरिएको छ।

सबिन लिङ्दम लिम्बु (प्याटु) को उत्कृष्ट छायाङ्कन र रैवत श्रेष्ठको सम्पादन तथा कलर ग्रेडिङ रहेको यस भिडिओमा चितवनका विभिन्न रमणीय पर्यटकीय स्थल र रिभर ब्याङ्क जंगल रिसोर्टलगायत आकर्षक लोकेसन फिचर गरिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad