कला


हलमा लागे ‘रोल नं. १’, ‘सेफ अफ मोमो’ र ‘कुम्भ’

हलमा लागे ‘रोल नं. १’, ‘सेफ अफ मोमो’ र ‘कुम्भ’

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १३:१५, काठमाडौँ

शुक्रबार फरक फरक जनराका तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शन भएका छन्। ‘रोल नं. १’, ‘सेफ अफ मोमो’ र ‘कुम्भ’ हलमा लागेका हुन्।

‘रोल नं. १’ ले अभिभावले पढाईंमा सन्तानलाई दिने दबाब र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई विषयवस्तलाई समेटेको छ। जोन योञ्जनको निर्देशनमा रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। 

सिक्किमकी निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ पनि रिलिज भएको छ। यस फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ।

फिल्ममा भानुमाया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ। निर्देशन राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन्।

यो फिल्म बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’  एक्सन-लभ स्टोरी जनरामा बनेको फिल्म हो।  लामो समयदेखि म्युजिक भिडिओ निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। 

यसमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। साथै दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।

चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन्। संजय थापा द्वन्द्व निर्देशन रहेको फिल्मको निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad