कला


गाउँ/नगरमा चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट

गाउँ/नगरमा चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:५४, काठमाडौँ

सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा चलचित्र हल स्थापना गर्नेलाई सुरुको १० वर्षसम्म पूर्णरूपमा आयकर छुट दिने घोषणा गरेको छ। 

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

यस्तै सरकारले संगीत, कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रवर्द्धन गर्ने समेत बताएको छ।

राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापना गर्न बजेट छुट्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad