कला


पलको फिल्म ‘आ बाट आमा २’ मा मलिका महतको प्रवेश

पलको फिल्म ‘आ बाट आमा २’ मा मलिका महतको प्रवेश

नेपालखबर
जेठ १७, २०८३ आइतबार १३:१२, काठमाडौँ

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘आ बाट आमा २’को अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो।

मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। अब मलिका महत अनुबन्ध भएपछि हिरोइन फाइनल भइसकेका छन्। 

दर्शकले पल शाहको जोडी मलिका महत खोइ भन्दै चर्चा गरिरहेका थिए। अब दर्शकको चाहाना अनुसार मलिका महत पनि यो फिल्ममा भित्रिएकी छन्।

यस फिल्ममा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का लगायतको अभिनय रहनेछ। 

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंमा अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने छ। यो फिल्मको घोषणा हुँदै गर्दा केही देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad