कला


मलिका भित्रिएसँगै सुरू भयो ‘आ बाट आमा-२’ को सुटिङ, चित्लाङदेखि लन्डनसम्म खिचिने

मलिका भित्रिएसँगै सुरू भयो ‘आ बाट आमा-२’ को सुटिङ, चित्लाङदेखि लन्डनसम्म खिचिने

नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:२९, काठमाडौँ

मलिका महत भित्रिएसँगै फिल्म ‘आ बाट आमा-२’ को छायांकन सुरु भएको छ।

निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको सुटिङ सुरु गरेको हो। यस चलचित्रका लागि निर्माण टिमले आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो।

फिल्मको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ।

एक महिनाको कार्यतालिका (सेड्युल) राखेर चलचित्रको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ। फिल्ममा पल र मलिकासहित रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। यो फिल्म आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउनेछ। 

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मुख्य व्यवस्थापक (प्रडक्सन म्यानेजर) करनसिंह रसाली हुन्। यो फिल्म गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल (श्रृङ्खला) हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad