कला


उत्तम र निरुताले सके फिल्म ‘सारथी’ को छायांकन

उत्तम र निरुताले सके फिल्म ‘सारथी’ को छायांकन

नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:३३, काठमाडौँ

उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’ को छायांकन सकिएको छ। गत वैशाख १५ गतेबाट छायांकन सुरु भएको फिल्मको एक महिनामा गुर्जा खानीमा सम्पूर्ण सुटिङ सकिएको हो।

निर्देशक कुमार गजुरेलका अनुसार यस फिल्मको अब काठमाडौँको एक दिनको छायांकन बाँकी छ। त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए।

सिनेमाको पोस्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन्। म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौँ फर्किदा उत्साहित देखिएको हो।

सिनेमाको प्रमुख आकर्षणका रूपमा करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंह एकसाथ देखिँदै छन्। लामो समयपछि पुनः एकसाथ पर्दामा देखिएका यी दुई कलाकारको कमब्याकलाई सिनेमा क्षेत्र तथा दर्शकले विशेष चासोका साथ हेरिरहेको निर्माण टिमको दाबी छ।

सामाजिक कथावस्तुमा आधारित सिनेमाले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा-माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा-चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ। सिनेमाका निर्देशक कुमार गजुरेलका अनुसार सिनेमाले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ।

फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतको अभिनय छ। 

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्। धिरज तामाङ र बेकबहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता अनि अमीर केसी लाइन प्रोड्युसर हुन्। यो सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad