कला


दिल्ली विमानस्थलमा केरकार भएपछि नाजिर भन्छन्- नामकै कारण हो भने गलत हो

दिल्ली विमानस्थलमा केरकार भएपछि नाजिर भन्छन्- नामकै कारण हो भने गलत हो

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १४:४०, काठमाडौँ

अभिनेता नाजिर हुसेनले नामकै आधारमा आफूलाई दिल्ली विमानस्थलमा केरकार गरेको सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्।

आफू अभिनित फिल्म ‘गुन्यु चोलो’को प्रदर्शन सकेर काठमाडौं फर्किने बेलामा दिल्ली विमानस्थलमा सुरक्षाकर्मीले विशेष कक्षमा लगेर अनावश्यक केरकार गरेको उनको आरोप छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा फिल्म देखाउन नाजिरसहित निर्देशक समुन्द्र भट्ट भारत गएका थिए। उनका अनुसार भट्टलाई भने विमानस्थलका सुरक्षाकर्मीले केही पनि सोधपुछ गरेन।

तर, आफूलाई भने नेपालमा किन जान लागेको, दिल्लीमा किन आएको र भारतीय मुद्रा छ कि छैन भन्ने लगायतका प्रश्न सुरक्षाकर्मीले गरेको नाजिरको भनाइ छ। ‘मेरो नामको कारणले म हरेक पटक रोकिन्छु। अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो। यदि होइन भने, मैले कारण थाहा पाउनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्।

नेपाल एयरलाइन्सको जहाजको टीभीमा गुगल म्यापले लुम्बिनी देखाउँदा भने आफू ढुक्क भएको अनुभव नाजिरको छ। यस्तो घटना दोस्रोपटक भएको उनको जनाएका छन्।

नाजिरले लेखेका छन्, ‘पहिलोपटक यसरी नै सोधपुछ गर्दा ठिकै जस्तो लागेको थियो। तर, दोस्रोपटक ठीक लागेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad