‘आरआरआर’ फेम्ड निर्देशक एस.एस. राजामौलीको फिल्म ‘वाराणसी’ बाट अभिनेत्री प्रियंका चोपडाको पहिलो झलक सार्वजनिक भएको छ। शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो।
सार्वजनिक फस्टलुक पोस्टरमा प्रियंकालाई ‘मन्दाकिनी’ क्यारेक्टरको रूपमा प्रस्तुत गरिएको छ। एक्सन/एड्भेन्चर जनराको फिल्मको कथा हजारौँ वर्ष फैलिएको समयरेखामा आधारित छ।
यस फिल्मको कथा अन्टार्कटिकादेखि अफ्रिका हुँदै भारतको वाराणसीसम्म विभिन्न स्थानमा अघि बढ्ने बताइएको छ।
फिल्ममा प्रियंकासहित महेश बाबु र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०२७ अप्रिल ७ मा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।
45
Shares

प्रतिक्रिया