वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने भएको छ। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।
यस फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्मको छायांकन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।
12
Shares

प्रतिक्रिया