कला


दर्शकले रुचाउँदै ‘गौँथली’, शो बढाउँदै हल

दर्शकले रुचाउँदै ‘गौँथली’, शो बढाउँदै हल

नेपालखबर
साउन ३, २०८३ आइतबार १०:५६, काठमाडौँ

डा.कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ लाई दर्शकहरूले रुचाएका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको छ।

पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ। शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ। शुक्रबार नै शनिबारका धेरै शोमा उच्च अकुपेन्सी देखिएपछि हलहरूले पनि शो थपेका छन्।

हलका दर्शकको संख्या उच्च भएपछि अरुण क्षेत्री, सिम्रन खड्कालगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन्। दर्शकले गाउँका कथा जस्ताको तस्तै सिनेमामा हेर्न पाएको भन्दै निर्देशक तथा कलाकारहरूलाई धन्यवाद दिएका छन्।

‘जति पनि दर्शकलाई हामीले भेट्यौँ, चलचित्र राम्रो भन्नुभएको छ, हेर्नुपर्ने मौलिक सिनेमा भन्नुभएको छ। यो प्रतिक्रिया र उत्साहले थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ,’ निर्देशक रिजालले भने। 

यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad