कला


सुशान्त आत्महत्या प्रकरणः सलमान खानविरुद्ध परेको मुद्दा खारेज

सुशान्त आत्महत्या प्रकरणः सलमान खानविरुद्ध परेको मुद्दा खारेज

नेपालखबर
असार २५, २०७७ बिहिबार ९:४०,

सलमानसहित, करण जोहार, एकता कपुर, सन्जय लिला भन्सालीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको थियो।

अदालतले बिहीबार उक्त मुद्दा खारेज गरिदिएको छ। स्थानीय वकिल सुधिर कुमार ओझाले सुशान्त सिंहले माथि उल्लेखित मानिसहरुकै कारण आत्महत्या गरेको भन्दै मुद्दा दायर गरेका थिए।

बिहीबार बिहारका चिफ जुडिकल म्याजिस्ट्रेट मुकेश कुमारले यस विषय अदालतको कार्यक्षेत्र बाहिर रहेको बताउँदै मुद्दा खारेज गरेका हुन्।

यसअघि सुशान्त सिंहको परिवारले यो घटना नियोजित हत्या भनेका थिए। तर अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको देखिएको थियो।

बलिउड अभिनेत्री कंगना रणावतले बलिउडमा नातावाद हाबी हुँदा सुशान्तले डिप्रेसनमा गएर आत्महत्या गरेको अभिव्यक्ति दिएकी थिइन्।

भारतीय संचारमाध्यमका अनुसार सुशान्तबाट कयौं चलचित्रहरु खोसिएको थियो। सुशान्तलाई खेलाउने भनिएको चलचित्रमा चर्चित कलाकारका छोराछोरीलाई स्थान दिइएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad