कला


ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा देखियो कोरोना संक्रमण

ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा देखियो कोरोना संक्रमण

नेपालखबर
असार २८, २०७७ आइतबार ९:४५,

सुरुवातमा महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीटमा ऐश्वर्या रायमा कोरोना भाइरस देखिएको पुष्टि गरेका थिए।

पछि उनले ट्वीट डिलेट गरेका छन्। यद्यपी मुम्बइको असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेलाई उदृत गर्दै बीबीसी हिन्दीले ऐश्वर्या र उनकी छोरी आराध्यामा कोरोना देखिएको उल्लेख गरेको छ।

शुक्रबार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना देखिएपछि उनीहरुका श्रीमती जया बच्चन र एश्वेर्यामा पनि परीक्षण गरिएको थियो।

आइतबार दिइएको जानकारीअनुसार जया बच्चनलाई भने कोरोना नदेखिएको बताइएको छ। यसअघि एश्वेर्यामा पनि कोरोना नदेखिएको समाचार भारतीय संचारमाध्यममा प्रकाशित भएको थियो। एजेन्सी

Photos: Abhishek Bachchan celebrates birthday with Aishwarya Rai ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad