कला


जुन गीत राष्ट्रकवि घिमिरेले आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्नु भनेका थिए‍‍...

जुन गीत राष्ट्रकवि घिमिरेले आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्नु भनेका थिए‍‍...

नेपालखबर
भदौ ३, २०७७ बुधबार १:३७,

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ। उनको आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्यष्टि हुँदैछ।

घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्।

तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत भने आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्न भनेका थिए। जुन गीत उनको मृत्यपछि हिजो मात्रै सार्वजनिक भएको छ।

गीतमा आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन्।

घिमिरेले आफू बितेपछि सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउनु भनेर रेकर्ड गराएको गीतको शब्द यस्तो छ :

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण

अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad