कला


भारतका प्रख्यात गायक एसपी बालासुब्रमन्यमको निधन

भारतका प्रख्यात गायक एसपी बालासुब्रमन्यमको निधन

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ८:४२,

अस्पतालमा उपचाररत ७४ वर्षका बालासुब्रमन्यमको शुक्रबार निधन भएको उनका छोरा एसपी चरणले पुष्टि गरेका हुन्।

गत सेप्टेम्बर ७ मा मात्र उनको कोरोना परीक्षण भएको थियो, जुन नेगेटिभ आएको थियो।

अगष्टमा उनमा कोरोना पुष्टि भएको थियो। तर कोरोना नेगेटिभ देखिएपनि उनको फोक्सोमा समस्या देखिएको थियो।

फोक्सोमा समस्या देखिएका बालासुब्रमन्यमलाई भेन्टिलेटरमा राखिएको थियो। उनले अस्पतालमै आफ्नो विवाह वार्षिकोत्सव मनाएका थिए।

उनका छोराले पिताको फोक्सोमा समस्या देखिएको बताउँदै आएका थिए। अस्पतालमा उपचाररत उनको अन्ततः उपचारकै क्रममा निधन भएको हो।

भारतीय सिनेक्षेत्रको पाश्र्व गायनमा बालासुब्रमन्यम निकै चर्चित व्यक्ति थिए।

उनले पेहेला पेहेला प्यार, दिल दिवाना, तुम्से मिल्ने कि तमन्ना हे, मेरे रङ मे रङ्ने वाली, मुझ्से जुदा होकरजस्ता चर्चित गीत गाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad