कला


रमण र मेलिनाको स्वरमा ‘मेसो पा छैन’ (भिडियो)

रमण र मेलिनाको स्वरमा ‘मेसो पा छैन’ (भिडियो)

नेपालखबर
असोज २२, २०७७ बिहिबार ९:५७,

गायक रमण रेग्मीको ‘मेसो पा छैन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

संगीतकार हरि लम्सालको रचना, संगीत र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका छन्।

 गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ। सविना कुँवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले मोडलिङ गरेका छन्।

डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो। सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक रेग्मीको ‘हुन्छ नि बैंशमा मुटु साटौ लाग्नेु ‘ घर त लगनखेल ‘ गीतले चर्चा पाईसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad