कलाकार दीपकराज गिरीले शाकाहारी भोजन सेवन गर्न आग्रह गरेका छन्।
उनले दसैँ पर्वको स्मरण गर्दै दसैँ मांसहारी भोजनका कारण नभई आफैँमा रमाइलो पर्व भएको बताए। उनले आफूले मांसहारी भोजन गर्नुहुँदैन भन्ने अधिकार आफूलाई नभएको भन्दै मांसहारीले पनि खसी काटेको र मासु खाएको फोटा सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका छन्।
‘मासुले दसैँ रमाइलो भएको होइन रहेछ, दसैँ आफैँमा रमाइलो पर्व रहेछ भन्ने मलाई महसुस भयो’, सामाजिक सञ्जाल फेसबुकमा कलाकार गिरीले लेखेका छन्, ‘शाकाहारी भोजनमा पनि आनन्द आउँदो रहेछ यस्को मतलब मासंहारी भोजन गर्नु नै हुँदैन भन्ने अधिकार मलाइ छैन, सक्छौँ शाकाहारी भोजन गरौँ, सकिन्न खसी काटेको, मासु खाएको फोटो चाहि पोस्ट नगरौँ।’
कलाकार गिरीले बाल्यकालको स्मरण गर्दै आफू खसी काटेको हेर्दा धेरै रुने गरेको बताए। उनले दसैँभन्दा अगाडि नै घरमा खसी आउने र खसीसँग खेल्दै जाँदा एक प्रकारको सामीप्यता महसुस हुन गरेका कारण आफू अष्टमी दिन खसी काट्दा रुने गरेको स्मरण गरेका।
‘सानो छँदा १० दिन अघि नै घरमा खसी आउथ्यो, खसीसँँग खेल्दा, कान निमोठ्ने, म्वाइँ खाने गर्दा एक प्रकारको सामीप्यता महसुस हुन थाल्थ्यो’, उनले लेखेका छन्, ‘अष्टमीको दिन आफ्नै अगाडि त्यो खसी काटिँदा धेरै रून्थे म।’
पछि ठूलो हुँदै गएपछि आफूँ संवेदनाहीन हुँदै गएको र खसी काट्दा खुट्टा समाउने अवस्थामा पुगेको बताएका छन्। त्यतिबेला आफूलाई मासुबिनाको दसैँ नै हुँदैनजस्तो लाग्ने गरेको पनि उनले स्मरण गरेका छन्। उनले ८ वर्ष अघिदेखि आफू शाकाहारी भएको जनाकारी दिएका छन्।
कलाकार गिरीले दसैँको शुभकामना दिँदै याे वर्ष दूरी कायम गरेर परिवारसँग मात्रै टीकाटालो गर्न आग्रह गरेका छन्। सकुशल रहे आफन्हरुसँग पछि पनि टीका लगाउन मौका आउने उनको भनाइ छ।
Posted by Deepak Raj Giree on Friday, October 23, 2020सानो छदॉ १० दिन अघि नै घरमा खसि आउथ्यो खसि संग खेल्दा, खसिको कान निमोठदा ,म्वाइ खाने गर्दा खसि संग एक प्रकारको...

प्रतिक्रिया