भारतमा लागुऔषध प्रकरणमा एक अभिनेत्रीसहित थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध घटना अनुसन्धान गर्ने भारतीय निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले टीभी अभिनेत्री प्रीतिका चौहानसहित थप ५ जनालाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रितीकाले कैयौं टीभी सिरियलमा काम गरेकी छन्।उनलाई नोभेम्बर ५ सम्मका लागि हिरासतमा पठाइएको छ।
अहिलेसम्म लागुऔषध प्रकरणमा सुशान्तकी प्रेमिकासमेत रहेकी अभिनेत्री रिया चक्रवर्तीलगायत बलिउडका २३ जना पक्राउ परिसकेका छन्।
भारतीय अभिनेता सुशान्त राजपुत सिंहको आत्महत्या प्रकरण अनुसन्धान गर्ने क्रममा भारतीय चलचित्र उद्योगभित्र लागुऔषध कारोबार र प्रयोग हुने गरेको खुलासा भएपछि यसतर्फ पनि अनुसन्धान भइरहेको हो।
3
Shares

प्रतिक्रिया