चर्चित नेपाली सांगीतिक समूह हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङको निधन भएको छ।
सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका नोर्देनको ६९ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो।
हिमालयन ब्यान्डमा आवद्ध भएर तेन्जिङले ‘मुसु मुसु हासी देउन लै लै, कहाँ तिम्रो मायालुलाई छाडी राख्यौं, फर्कि हेरे मेरो जीवन, मलाई धेरै धेरै मायाँ चाहिन्छ’ भन्ने बोलका चर्चित गीत गाएका थिए।
तेन्जिङले सुरुवातमा ‘गाजलुले आँखा छोप्ने’ भन्ने गीत गाएपछि चर्चा कामएका थिए।
उनलाई केहि वर्ष अगाडि घाँटीको क्यान्सर भएको थियो।

प्रतिक्रिया