साउन १ गतेबाट रिलिज हुने फिल्म ‘गौँथली’ लाई प्रिमियर शोमा रुचाइएको छ। सोमबार साँझ सिभिल मलमा भएको प्रिमियर शो गरिएको थियो।
२०६० को दशकभन्दा अगाडि नेपाली ग्रामीण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै प्रिमियर शो हेर्नेहरूले प्रशंसा गरेका छन्।
उनीहरूले ‘गौँथली’ले दर्शकलाई पूरै अवधि बाँधेर राख्ने विश्वास व्यक्त गरे।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले गरेको अभिनय पनि रूचाइएको छ। अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको तारिफ भएको छ।
चलचित्र हेर्न कलाकारहरू कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत प्रिमियरमा पुगेका थिए। उनीहरूले तत्कालीन नेपाली समाजको अनुहार चलचित्रले उतारेकाले सिनेमा चल्नेमा ढुक्क रहन निर्माण टिमलाई आग्रह गरेका छन्।
कपिल रिजालले निर्देशन गरेको यो फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरीको प्रस्तुतिमा बनेको हो।
फिल्ममा अरुण क्षेत्री र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ।
बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
Shares

प्रतिक्रिया