भदौ ५ गतेबाट रिलिज हुने फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ।
साथै स्वरमा दुर्गेशलाई वविना किरातीले स्वरमा साथ दिएकी छिन। दुर्गेशले प्रियंकालाई उपहार स्वरुप यो गीत फिल्मको प्रमोसनका लागि दिएका हुन्।
प्रदीप लामाको कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडिओमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर रहेका छन्। भिडिओमा पवन सुस्लिङको छायांकन, सम्पादन र कलर रहेको छ।
आयंका फिल्मस्को प्रस्तुतीमा तयार भएको फिल्मको निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माताको रुपमा रहेका छन्।
फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।
प्रियंका कार्कीको कथा रहेको फिल्ममा शान थापाको स्किप्ट लेखन रहेको छ।
Shares

प्रतिक्रिया