कला


नाट मिस एयर होस्टेज इन्टरनेसनलको प्रशिक्षण सुरु

नाट मिस एयर होस्टेज इन्टरनेसनलको प्रशिक्षण सुरु

नेपालखबर
माघ १७, २०७७ शनिबार ८:१०,

एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट—मिस एयर होस्टेज इन्टरनेसनलको दोस्रो सिजन सुरु भएको छ।

नाट मिस एयर होस्टेज इन्टरनेसनको गत मंगलबार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण सत्रको ओरेन्टेसन कार्यक्रममा नायक मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिति रहेको थियो।

 नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको नाट—मिस एयर होस्टेज इन्टरनेसनलमा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेका छन्। प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने इभेन्ट म्यानेजर लभिन अन्सारीको भनाइ छ।

नाट—मिस एयर होस्टेज इन्टरनेसनलका विजेताले एयर होस्टेज तालिममा शत्प्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने बताइएको छ।

इभेन्ट म्यानेजर अन्सारीका अनुसार हाल तालिम तथा प्रशिक्षण दिने कार्य भइरहेको र सो इभेन्टको फिनाले भने एभरेस्ट होटलमा आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad