कला


चलचित्र ‘गोर्खे’ फागुन २१ देखि प्रदर्शनमा आउने

चलचित्र ‘गोर्खे’ फागुन २१ देखि प्रदर्शनमा आउने

नेपालखबर
माघ २०, २०७७ मंगलबार ६:३,

नेपाली चलचित्र ‘गोर्खे’ यही फागुन २१ गतेदेखि देशैभर एकसाथ प्रदर्शनमा आउने भएको छ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तीर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको फिल्म एकसाथ प्रदर्शनमा आउन लागेको हो।

अहिले हल खुले पािन दर्शक नआएको र फागुनबाट दर्शक हलमा जाने विश्वासका साथ फिल्म प्रदर्शन गर्न लागेको वितरक कारण श्रेष्ठ क्रेजीले जानकारी दिए।

चलचित्रको रिलिज मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रको प्रमुख कलाकारहरुलाई देखाइएको छ।

केही दिनअघि चलचित्रमा समावेश, मुख्य दृश्यसहित टाइटल लिरिकल गीत सार्वजनिक भएसँगै चर्चामा आएको यस चलचित्रको अन्य गीत पनि निकै चर्चामा रहेका छन् ।

पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले गरेका हुन। गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्माता हरि थापाले बताए।

चलचित्रमा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारकाे प्रमुख अभिनय रहेको छ।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad