ad ad

कला


प्रहरीमै उजुरी हाल्नुपर्ने गरी नायिकाद्वय श्वेता र सुष्माबीच के झगडा भएको हो?

प्रहरीमै उजुरी हाल्नुपर्ने गरी नायिकाद्वय श्वेता र सुष्माबीच के झगडा भएको हो?

नेपालखबर
माघ २१, २०७७ बुधबार ०:५८,

नायिका सुष्मा कार्कीले अर्की नायिका श्वेता खड्का (लगायत)विरुद्ध मंगलबार प्रहरीमा उजुरी हालेकी छन्। शुष्माको आरोप छ– श्वेताले आफूलाई दुर्व्यवहार गरिन् भने उनकी बहिनी आरतीले त कपालै लुछिन्।

तर झगडाको प्रमुख पात्र युट्युबर उत्सव रसाइली भएको नायिका कार्कीले सञ्चारमाध्यमसँग बताएकी छन्।

उत्सवले पनि सुष्माले आफूलाई जातीय रूपमा होच्याउँदै गाली गरेकाले श्वेताकी बहिनी आरतीले उनलाई एक थप्पड हानेको र कपाल लुछेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्।

उसो भए घटना के हो त?
उत्सवका अनुसार कुरा सोमबार रातिको हो। नायिका श्वेताकी बहिनी आरतीको ‘एनिभर्सरी’ मनाउन उनीहरू दरबारमार्गस्थित लन्डन पब क्लबमा भेला भएका थिए। त्यही क्लबमा आएकी सुष्मासँग उनको जम्काभेट भयो।

उत्सवको आरोप छ– त्यस क्रममा सुष्माले श्वेतालगायत नायिकालाई मात्र (युट्युबमा) ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झगडा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो।

नायिका सुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई  हरासमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ सुष्माको भनाइ छ।

उता उत्सव रसाइलीले भने विवादका क्रममा सुष्माले आफूलाई जातीय तथानाम गाली गर्न थालेपछि सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेलाधकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले सुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। सुष्माले पनि झगडाका प्रमुख पात्र उत्सव र आरती नै भएको बताएकी छन्। 

उत्सवले सार्वजनिक रूपमा भनेका छन्, ‘उहाँले त्यहाँ (लन्डन पब क्लबमा) भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि तँ ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो।’

याे पनि :  अभिनेत्री श्वेताले आफूमाथि कुटपिट गरेको भन्दै सुष्मा कार्की पुगिन् प्रहरी शरणमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .