अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरेको म्युजिक भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक गरेका छन्।
मर्नु सरल छ जिउनु कठिन, यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन। हिम्मत हुनेहरु नै जिउँदा हुन्छन्, लड्छन र जिउँछन भन्ने सन्देश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ।
मार्मिक म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा विश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया