कला


हार्वर्ड विश्वविद्यालयले मास्टर्स गर्न बोलाएपछि शृंखलाले खुशी हुँदै भनिन्ः कसरी व्यक्त गरुँ !

हार्वर्ड विश्वविद्यालयले मास्टर्स गर्न बोलाएपछि शृंखलाले खुशी हुँदै भनिन्ः कसरी व्यक्त गरुँ !

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:५६,

पूर्व मिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्ने भएकी छिन्।

अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साटेकी छन्।

उनले भनेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो। कसरी व्यक्त गरुँ!’

शृंखला सन् २०१८ मा मिस नेपाल बनेकी थिइन्।

शृंखलाले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट पढेकी हुन्। उनले आफ्नो ब्याचमा कलेजको उत्कृष्ट अंक ल्याई स्नातक तह पुरा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad