यही बिहीबार सार्वजनिक हुने गीत यस ब्यान्डका फ्यानहरुले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्।
अनुप्रस्थलाई भिडिओ बनाएरै नेपालका चर्चित गायक तथा गायिकाहरुले यस गीतको लागि शुभकामना दिइरहेका छन्।
हालै अनुप्रस्थको गीत ‘सम्झेर मलाई’को टिजर समेत सार्वजनिक भएको थियो। यो टिजरको पनि निकै प्रशंसा भइरहेको छ।
अनुप्रस्थले सुख र दुखको, दिन, गफ, दक्षिण काली, मैच्याङ, हल्ला गर, अदुतियजस्ता चर्चित गीतहरु श्रोतामाझ पस्किएका छन्।
नेपालमा पछिल्लो समय ब्यान्डको गीतहरु कमै मात्रामा आउने गरेका छन्। यसबीचमा लोकप्रिय ब्यान्ड भएका कारण अनुप्रस्थको गीतलाई सबैले पर्खिरहेका हुन्।
(टिजर)

प्रतिक्रिया