गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक भएको छ।
टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ। गीतमा स्वयम् बब्लुले शव्द तथा संगीत गरेका छन्। भने बब्लुले नै निर्देशन गरेको भिडिओमा कथा विशाल घिमिरेको रहेको छ।
भिडिओमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ।
भिडिओमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुंगाना, गणेश भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन्।
यो गीतलाई ‘देबेन्द्र बब्लु’ युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया