कला


पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा (भिडिओ)

पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा (भिडिओ)

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ८:४७,

राजनीतिक दबाबमा युट्युबबाट हटाइएको पशुपति शर्माको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ।

उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् ।

दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए। गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को विरोध जनाएपछि शर्माले गीत हटाएका थिए।

सो गीतमा अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad