फोर्ब्स म्यागेजिनले सन् २०१९ मा विश्वका सबैभन्दा धेरै कमाउने अभिनेताको सूची सार्वजनिक गरेको छ।
सूचीमा सन् २०१८ देखि २०१९ सम्म सबैभन्दा धेरै कमाउने अभिनेताको रुपमा हलिउड स्टार डेबेन रक जोनसोनको नाम रहेको छ। उनको कमाइ ८.९४ करोड डलर रहेको छ।
अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ ७.६४ करोड डलरका साथ सबैभन्दा कमाइ गर्नेको सूचीमा दोस्रो नम्बरमा रहेको छ।
बलिउड अभिनेता अक्षयकुमारले विश्वको सबैभन्दा बढी कमाइ गर्ने अभिनेतामा आफ्नो नाम लेखाएका छन्। टप १० को सूचीमा सामेल हुने उनी एकल भारतीय अभिनेता हुन्। अक्षय सूचीको चौथौँ स्थानमा छन्। उनको कमाइ एक वर्षमा ६.५ करोड डलर रहेको छ।
त्यस्तै, रोबर्ट डाउनी जुनियरले ६.६ करोड, ज्याकी चैन ५.८ करोड, ब्रेडली कपुर ५.७ करोड, एडक स्यानलरले ५.७ करोड, क्रिश इवांशले ४.३५ करोड, पाउल रुडले ४.१ करोड र विल स्मिथले ३.५ करोड अमेरिकी डलर कमाइ गरेका थिए। क्रमशः उनीहरु तेस्रो, पाचौँदेखि दशौँ स्थानसम्म रहेका छन्।
प्रतिक्रिया