कला


दुर्गेश थापाको गीत प्रचारमा प्रधानमन्त्री ओलीदेखि एमाले नेतासम्म

दुर्गेश थापाको गीत प्रचारमा प्रधानमन्त्री ओलीदेखि एमाले नेतासम्म

नेपालखबर
असार ९, २०८२ सोमबार १२:११, काठमाडौँ

दुर्गेश थापाको ‘दुस्मन हेरेको हेर्‍यै’ गीतले १० करोड भ्युज बटुलेकामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। 

यति मात्र होइन, नयाँ पुस्ताले रुचाउने गीत गाएको भन्दै प्रधानमन्त्री ओलीले गायक थापाको प्रशंसासमेत गरेका छन्। 

अनि त्यसमा एमाले उपमहासचिव विष्णु रिमाल र पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि होमा हो मिलाएका छन्। 

प्रधानमन्त्री ओलीले दुर्गेश थापाको पोस्टर नै बनाएर फेसबुकमा लेखेका छन्, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुस्मन  हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’

यसपछि एमाले उपमहासचिव विष्णु रिमालले पनि आफ्ना अध्यक्ष ओलीको पोस्ट सेयर गर्दै त्यस्तै आशयको स्टाटस लेखेर दुर्गेशलाई बधाई दिएका छन्। 

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले त आज (सोमबार) बिहान अध्यक्ष ओली र दुर्गेशको तस्बिर जोडेर बधाईका साथै गायक थापालाई आफूहरू सबै साथ पनि रहेको उल्लेख गरेका छन्। 

‘दुस्मन हेरेको हेर्‍यै’ गीतमा दुर्गेश थापाकै शब्द र संगीत छ भने गायनमा उनलाई आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहानले साथ दिएका छन्। 

गीतको भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठ फिचर्ड छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad