राजनीति


निर्माणाधीन संसद् भवनको उपलब्धिबारे ३ दिनभित्र जानकारी गराउन संसदीय समितिको निर्देशन

निर्माणाधीन संसद् भवनको उपलब्धिबारे ३ दिनभित्र जानकारी गराउन संसदीय समितिको निर्देशन

नेपालखबर
असार ९, २०८२ सोमबार १२:१६, काठमाडौँ

निर्माणाधीन संसद् भवनको उपलब्धिबारे ३ दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सहरी विकास मन्त्रालयलाई निर्माणाधीन संसद् भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो। 

समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले सहरी विकास मन्त्रालयलाई ३ दिनभित्र संसद् भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिए। सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको बताए।

‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ,’ गैरेले भने, ‘पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमूलक नै हुन्छ। सहरी विकास मन्त्रालयलाई ३ दिनभित्र संसद् भवनको हामीले गरेका प्रश्नहरुको कार्यान्वयन के भएको छ भन्नेकुराको जानकारी दिन पत्राचार गर्ने।’

सभापति गैरेले पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई विषयवस्तु बनाएर जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धीमूलक हुने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad