राजनीति


टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

उजिर कार्की
असार ३०, २०८३ मंगलबार १९:४६, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ। 

जिल्ला अदालत काठमाडौँले मंगलबार सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोकेको हो।

ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।

त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो। उनलाई मुख्य दोषीका रूपमा सजाय तोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad