नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । शनिबार मध्यरातमा भएको ११ औँ महाधिवेशनको बन्दसत्रले गरेको निर्वाचनमा ३९ मत ल्याउँदै लामा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी जीवनकुमार राईले ११ मत प्राप्त गरे । सरकारद्वारा आदिवासी जनजातिमा सूचिकृत ५६ वटा जातीय समूहको साझा सामाजिक संगठन महासंघमा प्रत्येक जातिबाट एक जना प्रतिनिधिले मतदान गर्ने गर्छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष डिल बहादुर गुरुङ निर्विरोध निर्वाचित भए । अन्य पदाधिकारीमा अमृत बहादुर सुनुवार, आङ पासाङ शेर्पा, चन्द्रलाल राजभण्डारी, मुकुन्द बहादुर पहरी, राम कुमार सिंह दनुवार, चिनीमाया माझी, मनमाया छन्त्याल, जुनिता राई (शान्ति देवान)
महासचिव विमल सारु, उपमहासचिव गणेश कुमाल र १४ जना सचिवमा दावा छिरिङ शेर्पा, प्रदिप बोटे, महेन्द्र दुरा, मातृका धिमाल, लाक्पा आङजुक भोटे, सन्त वहादुर चेपाङ, सूर्य बहादुर जिरेल, शिव चन्द्र मण्डल, शैलेन्द्र कुमार ताजपुरिया, चकचकी राजवंशी, छेवाङ बुम्छोक गुरुङ, जसवी मण्डल, बीना मम्वा तामाङ, याङछेन भोटे, कोषध्याक्ष खेमराज भूजेल, मिङमा कामी शेर्पा, सह–कोषध्यक्ष प्रभात कुमार चौधरी निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया