हङकङमा जातीय अल्पसंख्यकका लागि स्वास्थ्य योजना, नेपालीले लाभ लिनसक्ने

हङकङमा जातीय अल्पसंख्यकका लागि स्वास्थ्य योजना, नेपालीले लाभ लिनसक्ने

नेपालखबर
साउन १८, २०७६ शनिबार १३:५,

यस योजनाले विशेष गरी दक्षिण एशियाली मूलका नेपाली, भारतीय र पाकिस्तानीहरुलाई लक्षित गरेर अनुसन्धान गरी रोकथाम र जनचेतना जगाउने उद्देश्य राखेको छ।

क्यान्सर, स्ट्रोक, डायबिटिज, हृदयघात, हेपाटाइटिस, ओस्टियोआर्थराइटिस लगायतका दिर्घरोगहरुको स्क्रीनिङ टेस्ट गर्ने, रोकथामको उपायहरु बताउने, मिथक र गलत धारणा बिरुद्ध जनजागरण फैलाउने कार्य गर्नेछ।

साथै यस योजनाले स्वस्थ जीवनशैली अपनाउन मादक पदार्थ तथा धुम्रपान जस्ता हानिकारक तत्वहरुको निरुत्साहित गर्ने त्यसको स्थानमा व्यायम, स्वस्थ खानपिनलाई प्रोत्साहन गर्नेछ।

यसले महिलाहरुको पाठेघर सम्बन्धी रोग तथा क्यान्सर लगायतका रोगलाई विशेष प्राथमिकता दिएको छ।

‘से नो टु क्रोनिक डिजिज’ योजना संचालन गर्न विश्वविद्यालयका प्रोफेसर विनि सो को नेतृत्वमा आधा दर्जन प्रोफेसरहरु सहित अल्पसंख्यकको तर्फबाट नेपाली मूलकी हङकङ नागरिक टीका राना अनुसान्धन सहयोगीका रुपमा कार्यरत छिन्।

हङकङको पोलिटेक्निक विश्वविद्यालयबाट ईन्फेक्सन कन्ट्रोलमा एमएससी गरेकी रानाले उक्त योजना नेपालमा समेत पुर्याउने लक्ष्य राखेको नेपालखबरलाई बताईन्।

‘विगतमा समेत हामीले नेपालमा स्वास्थ्य शिविर संचालन गरेका थियौं, आगामी सेप्टेम्बर महिनामा समेत नेपालमा महिलाहरुको आङ खस्ने, पाठेघर सम्बन्धी क्यान्सरहरुको स्वास्थ्य शिविर सन्चालन गर्ने योजना ल्याएका छौ।’ टीका राणले भनिन्,‘साथै नेपालमा एक अनुसान्धन केन्द्र खोल्ने समेत लक्ष्य रहेको छ।’

अल्पसंख्यकहरुसँग समन्वय गर्न प्रमुख भूमिका खेल्दै आएकी टीकाका अनुसार उक्त योजनाले नेपालीसहित भारतीय र पाकिस्तानीहरु गरेर करिब ५ सयभन्दा बढी यस स्वास्थ्य शिविरमार्फत लाभान्वित भइसकेका छन्।

‘भाषिक समस्याका कारण हङकङमा स्थानिय चिनियाँ र अल्पसंख्यकबीच स्वास्थ्य सम्बन्धी सुविधा ग्रहण गर्ने कार्यमा ठूलो खाडल छ। यसले अल्पसंख्यकहरु त्यस्ता स्वास्थ्य सेवाहरुबाट लाभ लिन बन्चित हुन्छन्।’ उनी भन्छिन्,‘हाम्रो अनुसन्धान टोलीको प्रतिवेदन यहाँका सरकारको नीति निर्माण तहसम्मकालाई सहयोग सिद्द हुने कुरामा हामी विश्वस्त छौं, यसले सरकारको ध्यानाकर्षण गराउनेछ र जातीय अल्पसंख्यकहरुको हितका लागि कार्य अगाडि बढ्नेछ भन्ने हाम्रो विश्वास रहेको छ।’

अनुसन्धान टोलीले आफ्नो योजनालाई प्रभावकारी बनाउन अनलाइन वेबपेज समेत संचालनमा ल्याएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .