भारतको १२ राज्यका मस्ट वान्टेडको सूचीमा रहेका बिहारका एक व्यक्तिलाई भारतको प्रहरीले पक्राउ गरेको छ। भारतको गाजियावाद प्रहरीका अनुसार शातिर इरफान नाम गरेका ती व्यक्तिले जगुआर कारमा घुम्दै मुलुभर चोरी गर्ने गर्थे।
उनलाई प्रहरीले एक व्यक्तिको घरबाट साढे एक करोड चोरी गरेको आरोपमा पक्राउ गरेको छ। गत सेप्टेम्बरबाटै उनको खोजी तीव्र पारिए पनि प्रहरीले फेला भने पार्न सकेको थिएन।
११ वर्षदेखि चोरीमा सक्रिय
प्रहरीलाई दिएको बयानमा इरफानले बहिनीको विवाहमा दाइजो दिने पैसा जुटाउन नसकेपछि ११ वर्षअघिदेखि चोरी सुरु गरेको बताएका छन्। त्यसयता उनले निरन्तर चोरी गर्दै आएको बताएका छन्।
उनले आफ्ना केही साथीसँग मिलेर उत्तर प्रदेश, पञ्जाब, आन्ध्र प्रदेश, कर्नाटक, केरला, तेलंगना र गोवासहित १२ राज्यमा चोरी गरेका थिए। यद्यपि उनी पक्राउ भने परेनन्। प्रहरीका अनुसार उनी राति १देखि ३ बजेको बीचमा चोरी गर्थे।
चोरीको पैसाले सात गाउँमा बनाए सडक
साथै उनले २० लाख भारु दिएर छिमेकी गरीब बालिकाको क्यान्सरको अपरेसन पनि गरिदिएका थिए। उनको यो कार्यलाई देखेर मानिसहरुले उनकी पत्नी गुलशन परवीनलाई जिल्ला परिषद्को चुनावमा उठाएका थिए। उक्त निर्वाचनको मंगलबार मतगणना छ।
स्थानीय मानिसहरुसँग बुझ्दा उनीहरुले इरफानको बारेमा केही भनेनन् तर उनी मनको सफा मानिस भएको बताएका छन्। कुनै समय आफ्नो घर चलाउन धौ धौ हुने इरफानको अवस्था अहिले फेरिएको छ। मानिसहरु उसलाई अहिले कुनै व्यवसायीजस्तो सम्झिन्छन्।
इरफान घर आउँदा प्रत्येकपटक नयाँ लक्जरी कार चढेर आउँथे। दैनिक भास्करबाट
प्रतिक्रिया