भारतको उत्तर प्रदेशमा बाजा बजाएको पैसा कसले तिर्ने भन्ने विषयमा विवाद हुँदा विवाह नै तोडिएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेशको शाहरान्पुरका एक युवक बाजा बजाएको पैसा बेहुली पक्षले तिर्न नमानेको भन्दै विवाह नै रद्द गरेर फर्किएका हुन्।
स्थानीय प्रहरीले दिएको जानकारीअनुसार धर्मेन्द्र नाम गरेका बेहुलाले फरुखाबादबाट जन्ती लिएर शाहारान्पुरिस्थत मिर्जापुर पुगेका थिए।
विवाह चलिरहँदा बाजा बजाउने टोलीले बेहुला पक्षसँग पैसा मागेका थिए। तर, बेहुलाले यो खर्च बेहुली पक्षले दिनुपर्ने अडान राखे।
यस विषयमा दुवै पक्षबीच विवाद उत्पन्न भयो त्यसपछि रिसाएका बेहुला विवाह नै रद्द गरेर निस्किए।
यो घटनापछि बेहुली पक्षले पनि विवाह रद्द गरेको स्थानीय प्रहरीले बताएको छ।
351
Shares
प्रतिक्रिया