बेलायतमा घरमालिकहरुलाई चोरीबाट बच्ने उपाय सिकाउने व्यक्ति नै चोरीको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार २८ वर्षीय साम एडवार्ड चोरीको आरोपमा पक्राउ परेका हुन्। उनले सन् २०१९ मा साम्स बग्र्लरी प्रिभेन्सन नामक व्यवसाय सुरु गरेका थिए।
उनले मानिसहरुलाई चोरीबाट बच्ने उपाय सिकाउँथे। तर, उनी आफैं पनि उक्त अपराधमा संलग्न भएको प्रहरीले बताएको छ।
प्रहरीले एडवार्डलाई २ करोड पाउण्ड चोरीको आरोपमा पक्राउ गरेको हो। उनलाई विभिन्न ११ चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
त्यस्तै गत अप्रिलमा पनि चोरीको प्रयास गरेको आरोप उनीमाथि छ। अदालतले उनलाई चोरीमा संलग्न देखिएको भन्दै तीन वर्ष ५ महिना जेल सजाय सुनाएको छ।
सन् २०२१ को सेप्टेम्बरदेखि गत मार्चसम्मको सात महिनाको अवधिमा उनले बहुमूल्य ज्वेलरी चोरी गरेका थिए। यो क्रममा उनले ११ सम्पत्ति चोरी गरेर अर्को एक घरमा चोरी गर्ने प्रयाससमेत गरेका थिए।
प्रतिक्रिया