ad ad

रोचक


बैंकको जागिर छाडेर साधु बने, ५० वर्षदेखि हावामा उठाइरहेका छन् हात

बैंकको जागिर छाडेर साधु बने, ५० वर्षदेखि हावामा उठाइरहेका छन् हात

नेपालखबर
जेठ २१, २०८० आइतबार १०:७, काठमाडौँ

तपाईं आफ्नो हात हावामा उठाउनुभयो निरन्तर कति समयसम्म उठाउन सक्नुहुन्छ? सजिलैसँग ४-५ मिनेट! योभन्दा बढी समय हावामा हात उठाइराख्न पक्कै असहज हुन्छ।

तर भारतका एक यस्ता साधु, जसले ५० वर्षदेखि निरन्तर हावामा हात उठाइरहेका छन् र दाबी गरिएको छ कि उनले एक सेकेण्डका लागि पनि हात तल झारेका छैनन्। र अझै १० वर्षसम्म हात तल नझार्ने उनले बताएका छन्।

उनको नाम हो अमर भारती। खासमा उनी बैंकको जागिर छाडेर सन्यासी बनेका थिए। उनी सुरुदेखि साधु बन्न भने चाहँदैन थिए। उनको घर थियो। श्रीमती र छोराछोरी थिए। भौतिक जीवनमा अभ्यस्त उनी एकाएक अध्यात्मतर्फ आकर्षित भएका थिए, त्यसपछि सबै छाडेर सन्यासी बनेका थिए। 

शिवभक्त भारतीले सन् १९७३ देखि निरन्तर आफ्नो दाहिने हात हावामा उठाइरहेका छन्। उनले अझै १० वर्ष हात तल नझार्ने बताएका छन्। उनले विश्व शान्तिका लागि एउटा हात उठाइरहेको प्रतिक्रिया दिँदै आएका छन्।

केहीले भारतीको यस्तो क्रियाकलापलाई मूर्खता भनेका छन् भने केही संसारिक चमात्कार भन्दै आश्चर्य प्रकट समेत गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .