ad ad

रोचक


दुई गर्भाशय भएकी महिलाले दुई दिनमा जन्माइन् दुई बच्चा

दुई गर्भाशय भएकी महिलाले दुई दिनमा जन्माइन् दुई बच्चा

नेपालखबर
पुस ८, २०८० आइतबार १३:४२,

दुई वटा गर्भाशय भएकी एक अमेरिकी महिलाले दुई दिनमा दुई शिशुलाई जन्म दिएकी छन्। यस्तो खालको गर्भाधान अत्यन्त दुर्लभ मानिन्छ। 

३२ वर्षीया केल्सी ह्याचरले मंगलबार बर्मिंगमस्थित युनिभर्सिटी अफ अलाबामा अस्पतालमा एक छोरी जन्माइन्। बुधबार उनले दोस्री छोरी जन्माएकी छन्। उनलाई जम्मा २० घण्टा सुत्केरी व्यथा लागेको थियो।

यी शिशुहरु दुई अलग डिम्बमा दुई अलग शुक्रकीट सेचन भएर गर्भाधान भएका थिए। जुम्ल्याहाका लागि अलग जन्मदिन हुनु दुर्लभ मानिन्छ।

आमा र शिशुहरुको स्वास्थ्य राम्रो रहेको अस्पतालले बताएको छ।

ह्याचरलाई १७ वर्षको उमेरमा उनको दुई वटा गर्भाशय भएको बताइएको थियो। जन्मजात रुपमै हुने यो समस्या ०.३ प्रतिशत महिलामा हुने बताइन्छ।

त्यसमाथि दुवै गर्भाशयमा एकैपटक गर्भाधान हुने सम्भावना त दस लाखमा एकजति मात्र हुने सो अस्पतालले जनाएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .