ad ad

रोचक


पतिले ननुहाएर गन्हायो जिउ, दाँत पनि माझेनन्, पत्नीले दिइन् डिभोर्स

पतिले ननुहाएर गन्हायो जिउ, दाँत पनि माझेनन्, पत्नीले दिइन् डिभोर्स

नेपालखबर
माघ १८, २०८० बिहिबार १८:३२, काठमाडौँ

टर्कीमा एउटा अनौठो घटना भएको छ। त्यहाँकी एकजना महिलाले ननुहाएको र दाँत नमाझेको भन्दै पतिसँग सम्बन्धविच्छेदको मुद्दा हालेकी छन्।

नियमित ननुहाएको, पसिना ह्वास्स गन्हाएको र दाँत पनि हप्तामा केही पटक मात्रै माझ्ने गरेको भन्दै ती महिलाले मुद्दा हालेकी हुन्।

टर्किस सञ्चारमाध्यमले महिलाको नाम ए. वाई. भनेर खुलाएका छन्। व्यक्तिगत सरसफाइमा ध्यान नदिएको भन्दै उनले पतिसँग सम्बन्धविच्छेद माग गरेकी हुन्। 

पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिन एउटै लुगा लाउने, कमै नुहाउने गर्दा शरीरबाट पसिनाको गन्हाउने गरेको उनले दाबी गरेकी छन्। उनले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा पतिविरुद्ध बयान दिएकी हुन्। 

उनको पक्षमा अदालतमा साक्षीका रुपमा केही साथी र सहकर्मीलाई पनि उपस्थित थिए। ती सबै साक्षीले प्रतिवादीले व्यक्तिगत सरसफाइ नगरेको बयान दिएका थिए।

अदालतले ती महिलाले सम्बन्धविच्छेद गर्न चाहेको मागलाई पनि स्वीकारेको छ। उता पतिलाई ५ लाख टर्किस लिरा (करिब २२ लाख रुपैयाँ नेपाली रुपैयाँ) क्षतिपूर्ति पनि तिराएको छ।

एकसाथ जीवनयापन गर्नुपर्ने पति पत्नीले सरसफाइमा ध्यान दिनुपर्ने कानुन व्यवसायी सेनेम यिलमेजलले बताइन्।

व्यक्तिगत सरसफाइमा ध्यान नदिने बानीका कारण एकसाथ जीवनयापनको योजना बिग्रिने उनले बताइन्। यस्तोमा सम्बन्धविच्छेद गर्ने अधिकार हुने उनको तर्क छ।

टर्कीको मुलुकी ऐनमा सम्बन्धविच्छेदका कारणलाई विशेष र सामान्य भनेर दुई श्रेणीमा बाँडिएको छ। 

यस मामिलामा क्षेत्रीय अदालतका न्यायाधीशले पीडितका पतिको व्यवहारलाई सम्बन्धविच्छेदको वैधानिक कारणका रुपमा मान्यता दिएको छ।

जनवरी ३० मा भएको पछिल्लो फैसलामा पुनरावेदन अदालतले क्षेत्रीय अदालतको निर्णयलाई कायम राखेको छ।

पीडितका पति सीवाईले ७ देखि १० दिनमा एक पटक नुहाउने गरेको अदालतमा बुझाइएको प्रमाणले देखाएको छ। उनले दाँत पनि हप्तामा एकदुई पटक मात्रै माझ्थे।

जसले उनी कसैको नजिक पर्दा ह्वास्स श्वास गन्हाउँथ्यो। केही साथीहरूले सीवाईको शरीरबाट आउने गन्धका कारण उनीसँग छेउ पर्नै मुस्किल हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .