उनले मुद्दा हाल्नुको पछाडि रोचक कारण छ, आठ वर्षसम्म डेटिङ गर्दा समेत युवकले विवाह र बच्चा जन्माउने कुरै निकालेका छैनन्।
२६ वर्षकी गरट्रड एन्गोमाका अनुसार २८ वर्षका प्रेमी हरबर्ट सालालिकीले अहिलेसम्म विवाह गर्ने वाचा गरेका छैनन्।
अदालतले विवाहको विषयमा छिनोफानो गर्ने आशामा आफूले प्रेमीविरुद्ध मुद्दा हालेको उनको भनाइ छ।
प्रेमीले अर्का युवतीलाई सन्देश लेखेको थाहा पाएपछि आफूलाई उनीमाथि शंका लागेको पनि उनको भनाइ छ।
हरबर्ट भने आफूलाई एन्गोमासँगै विवाह गर्ने इच्छा भएको तर आफूले विवाहको खर्च धान्न नसक्ने बताउँछन्।
उनले एन्गोमाले आफूलाई पर्याप्त समय नदिएको पनि आरोप लगाएका छन्। डेलीमेल
3
Shares

प्रतिक्रिया