रोचक


कोरोना संक्रमित आमाको दूध हरियो भएपछि...

कोरोना संक्रमित आमाको दूध हरियो भएपछि...

नेपालखबर
फागुन १, २०७७ शनिबार १२:१०,

किनभने हालसम्म यो विषयमा धेरै अनुसन्धान भएको छैन।

तर मेक्सिकोकी एक २३ वर्षकी एना कर्टेजले आफू र आफ्नो सन्तान कोरोना संक्रमित बनेपछि आफ्नो दूध हरियो रङमा परिणत भएको बताएकी छिन्।

मेट्रो को युकेका अनुसार एकाएक दूध हरियो भएपछि उनी चिन्तित बनेकी थिइन्।

तर कोरोना संक्रमणमुक्त भएपछि भने हाल उक्त समस्या हटेको उनको भनाइ छ।

एना कर्टेजले आफ्नो दाबीलाई पुष्टि गर्न हरियो रङको दूध पनि सामाजिक संजालमा पोस्ट गरेकी थिइन्।

उनको दाबीपछि बाल रोग विज्ञेषज्ञ तथा स्तनपान सल्लाहकारहरुले कोरोनाका कारण उनको दूधको रङ परिवर्तन भएको हुनसक्ने अनुमान गरेका छन्।

यद्यपी यस विषयमा डराइहाल्नु पर्ने अवस्था नभएको उनीहरुको भनाइ छ। कोरोनासँग लड्ने एन्टीबडी शरीरमा विकास भएका कारण दूधको रङ परिवर्तन भएको हुनसक्ने बताइएको छ।

कोरोना लागेता पनि आमाले बच्चालाई स्तनपान गराइरहनु पर्ने उनीहरुले सल्लाह दिएका छन्।

आमाको दूधमा बच्चालाई जस्तोसुकै रोगबाट बचाउनसक्ने क्षमता हुने यसअघि डब्लूएचओले समेत बताएको थियो।

यसअघि खानाको बदलावका कारण पनि उनको दूधको रङ परिवर्तन भएको आशंका गरिएको थियो। तर कोरोनामुक्त भएपछि भने अहिले अवस्था सामान्छ छ। मेट्रो को युके

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .