रोचक


अन्तरिक्षमा बनाइने पहिलो होटल सन् २०२७ मा संचालनमा आउने (तस्बिरहरु)

अन्तरिक्षमा बनाइने पहिलो होटल सन् २०२७ मा संचालनमा आउने (तस्बिरहरु)

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:२४,

सीएनएनका अनुसार उक्त होटल भ्रमणमा जान एकपटकमा एक व्यक्तिले २ लाख ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ।

सन् २०१९ मा ल्याइएको अवधारणाअनुसार गेट वे फाउन्डेसनले क्रुज जहाजजस्तै होटल अन्तरिक्षमा बनाउनेछ।

अर्बिटल एसेम्ब्ली कर्पोरेसनले यो होटल बनाउने जिम्मा पाएको छ। पूर्व पाइलट जोन ब्लिन्कअले यस कम्पनी चलाइरहेका छन्।

उनी नै गेटवे फाउन्डेसनका प्रमुख पनि हुन्। उनी भन्छन्,‘हामी सर्वसाधारणलाई यो महसुस गराउन चाहन्छौं कि अन्तरिक्षमा भ्रमण गर्ने सुनौलो समय सुरु भयो। यो चाँडै आउँदैछ।’

Space-hotel-voyager-station (1)

यसअघि अन्तरिक्षलाई पर्यटकीय क्षेत्र बनाउने विषयमा अमेजनका कार्यकारी अधिकृत जेफ बेजास तथा स्पेस एक्सका प्रमुख एलन मस्कबीच पनि कुराकानी भएको थियो।

तर जोन ब्लिन्कअले भने हाल कसैसँग सहकार्य नगर्ने र पछि मात्र यसबारेमा सोचिने बताएका छन्।

यदी तपाइँको अन्तरिक्षयात्री बन्ने चाहना छैन भनेपनि अब अन्तरिक्षमा जाने सम्भावना भने बढेर गएको छ। सीएनएन

Space-hotel-voyager-station (2)

Space-hotel-voyager-station (6)

Space-hotel-voyager-station (3)

Space-hotel-voyager-station (4)

Space-hotel-voyager-station (5)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .